Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

पुर्वान्चल लिटिल स्टार-३ को आवेदन खुल्यो, ५ ठाउँ सेमिफाइनल हुँदै

रबिन राउत by रबिन राउत
२५ चैत्र २०७७, बुधबार १६:१२
in भिडियो, मनोञ्जन
0
पुर्वान्चल लिटिल स्टार-३ को आवेदन खुल्यो, ५ ठाउँ सेमिफाइनल हुँदै
20
SHARES
86
VIEWS
Share on FacebookShare on Twitter

ईटहरी/ ब्युटी प्याजेन्ट युवायुवतीको मात्रै हैन, अहिले बालबालिका केन्द्रित पनि हुन थालेको छ । आफुभित्रको लुकेको प्रतिभा प्रष्फुटन गर्ने राम्रो प्लेटफर्म संगै केही सिक्ने अवसर पाउने भएकाले ब्युटी प्याजेन्टमा आकर्षण बढ्दो छ । प्रदेश १ कै कुरा गर्ने हो भने दर्जन हाराहारिमा बालबालिका केन्द्रित ब्युटी प्याजेन्ट भैसकेका छन् । यस्तै मध्येको ब्युटी प्याजेन्ट हो ‘पुर्वान्चल लिटिल स्टार’ । बिगतमा २ ओटा सिजन सफल सम्पन्न गरेको यो प्याजेन्टको यतिबेल तेस्रो सस्करण घोषणा भएको छ । राठी केबलले मुख्य प्रायोजन गरेको पुर्वान्चल लिटिल स्टारका बिजेताले ५१ हजार नगद पुरस्कार सहित २ लाख बराबरको म्युजिक भिडियोमा फिचर्ड गर्ने मौका पाउनेछन् ।

यस्तै सम्पुर्ण सहभागीहरुले बालागायक प्रीतम आचार्यको स्वरमा रहेको हिन्दी गीतको म्युजिक भिडियोमा अवसर पाउनेछन् भने सो भिडियोलाई ईन्डियाको चर्चित युट्युब च्यानल टि-सिरिजबाट सार्बजनिक गरिनेछ । अन्य सहभागीलाई पनि यो म्युजिक भिडियोमा अवसर दिइनेछ । यो संगै अन्य थुप्रै अवसरहरु प्राप्त गर्नेछन् । बलिउडका लोकप्रिय अन्नु कपुर लगायत कलिउडका लोकप्रिय कलाकारहरू लिएर ३ भाषामा बन्न लागेको फिल्म ‘प्रधान द लिडर’मा अभिनयको मौका पाउनेछ । जसमा बिजेता सहित प्याजेन्टमा सहभागी सम्पुर्णले मौका पाउनेछन् ।

कोरोना महामारीका कारण तेश्रो सिजन १ वर्ष पछाडी धकेलियो । अब भने आयोजक कम्पनी साईमन फिल्म एन्ड ईन्टेरटेन्मेन्ट, मुम्बईले यसको तयारी तिब्र गतिमा सुरु गरिसकेको छ । बिगतका बर्षहरुमा भन्दा थुप्रै अवसरहरु र फराकिलो दायरामा प्याजेन्ट आयोजना गर्न लागिएको आयोजक कम्पनिका म्यानेजिङ डिरेक्टर साईमन राजबंशीले बताए । सिमित एक ठाउमा केन्द्रित हुने र सोही ठाउमा फाईनल गरिने योजनालाई यसपटक उनले परिवर्तन गरेका छन् । पुर्वान्चल लिटिल स्टार तेश्रो सिजनको ५ ठाउमा सेमिफाइनल भएर १ ठाउमा फाईनल कार्यक्रम हुने छ ।

जसको लागि बिराटनगर, ईटहरी, धरान, दमक र बिर्तामोड सहरलाई छानेका छन् । यी ५ ठाउमै अडिसन भएर सोही ठाउमा १५ दिने विशेष तालिम हुँदै ट्यालेन्ट राउन्ड कार्यक्रम र सेमिफाइनल कार्यक्रम हुनेछ । सेमिफाइनल कार्यक्रममा सहभागी प्रतिष्पर्धीहरुलाई विभिन्न सबटाईटल प्रदान गरिनेछ भने फाईनलका लागि सर्वाधिक अङ्क ल्याउने उत्कृष्ट ५ फाईनलमा प्रवेश गर्नेछन् । ५ ठाउमै यसैक्रमले कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ । सेमिफाइनल ५ ठाउबाट फाइनलमा आएका २५ जनालाई फेरि विशेष प्रशिक्षण दिइनेछ र फाईनल भिडन्त बिर्तामोडमा गराउदै ‘पुर्वान्चल लिटिल स्टार-३’ छानिने छ ।

यसका लागी बिराटनगर र ईटहरीमा बैशाख ११ गते, धरानमा बैशाख १८ गते, दमक र बिर्तामोडमा बैशाख २५ गते अडिसन मिति तय भएको छ । बिराटनगरमा हनुमानदास रोडमा अवस्थित डेजल म्युजिक एन्ड फिटनेसमा अडिसन हुदैछ भने सो ठाउमा सहभागीताको लागि ९८११०८३९०८, ९८१५३७३२१५, ९८३५९८४७ मा सम्पर्क गर्न सकिनेछ । यस्तै ईटहरीमा मिलन चोकमा अवस्थित पुर्वान्चल इन्स्टिच्युट अफ फिल्म एन्ड टेलिभिजनमा अडिसन हुदैछ । इच्छुक ईटहरीकाले ९८०४३०८१५६, ९८०७३५००५३, ९८११३५९८४७ मा सम्पर्क गर्न सकिनेछ । धरान अडिसन महेन्द्रपथमा अवस्थित मुनाल सास्कृतिक कला केन्द्रमा हुदैछ । जहाँ सहभागीता जनाउनको लागि ९८२४३२८०५४, ९८४२०४०००६, ९८११३५९८४७ मा सम्पर्क गर्न सकिने छ भने बिर्तामोड अडिसन भद्रपुर रोडमा अवस्थित एनवार्स डान्स स्टुडियोमा हुनेछ । बिर्तामोडका इच्छुकले सहभागीताको लागि ९८२४९८३०५३, ९८४२०४०००६, ९८११३५९८४७ मा सम्पर्क गर्न सकिनेछ ।

यो प्याजेन्टको अफिसियल फोटोग्राफी पार्टनर डिथ्री फोटोग्राफी रहेको छ भने मिडिया पार्टनरको रुपमा डिथ्री अनलाईन, बिराट टेलिभिजन, बेतना दैनिक र हिपमत डटकम रहेको छ भने सुवास संकल्प मिडिया कोअर्डिनेटर हुन् ।

Previous Post

गायक बिशाल राईको पहिलो गीती संग्रह 'सेन्मी' सार्वजनिक

Next Post

गायक नेत्र भण्डारीको नयाँ गीत ‘मैलो चोली’ सार्वजनिक

Next Post
गायक नेत्र भण्डारीको नयाँ गीत ‘मैलो चोली’ सार्वजनिक

गायक नेत्र भण्डारीको नयाँ गीत ‘मैलो चोली’ सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal