नायिका केकी अधिकारी नयाँ लुक्समा देखिएकी छन्। इन्टाग्राममार्फत उनले आफ्नो कपाल खौरिएपछिको नयाँ लुक्स सार्वजनिक गरेकी हुन्। कपाल किन खौरिएको भनेर केही नबताए पनि उनले आफ्नो आगामी प्रोजेक्टमा फरक भूमिकामा देखिने सङ्केत दिएकी छन्।
२०७३ सालको साउन र भदौ महिनामा मण्डला थिएटरमा मञ्चन भएको नाटक ‘बोक्सीको घर’ को कथामा केकीले फिल्म निर्माण गर्ने भएकी छन्। हाल उनी यही फिल्मको छायाङ्कनमा व्यस्त छिन् । फिल्ममा केकी मुख्य भूमिकामा छिन् ।
फिल्ममा आफूलाई फरक भूमिकामा प्रस्तुत गर्न केकीले कपाल खौरिएको अनुमान गर्न सकिन्छ।


>









Discussion about this post