चलचित्र ‘प्रेम गीत ३’ बहु प्रतीक्षित चलचित्र हो । यही बर्षमा चलचित्र प्रदर्शनमा आउँदै छ् । नेपालमा मात्र हैन भारतमा चलचित्र प्रदर्सनमा आउँदै छ् । हिन्दी भाषामा यो चलचित्र ड्ब भएको छ् । भारतका चर्चित डबिङ अर्टिसले आवाज दिएका छन हिन्दी भाषामा । एक साथै निर्माता निर्देशक सन्तोष सेनले उक्त कुराको जानकारी आफ्नो सामाजिक सञ्जाल मार्फत दिएका हुन् lफागुन १३ गतेबाट देशभर रिलिज हुने फिल्ममा छेतेन गुरुङ र सन्तोष सेनको निर्देशन छ । यस्तै फिल्मलाई सन्तोष सेनले निर्माण गरेका हुन् ।राजेश श्रेष्ठको डिओपीमा तयार भएको यो फिल्मलाई वनिष शाह र भूपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् ।आसुसेन फिल्मसको ब्यानरमा निर्माण भएको यो फिल्मलाई एक निषेधित प्रेमकथा भनिएको छ । फिल्ममा शिव श्रेष्ठ, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुष्कर गिरी, प्रेम पुरी, अनुभव रेग्मी, जीवन भट्टराई, लक्ष्मी बर्देवा लगायतका कलाकारको अभिनय रहेको छ ।

>








Discussion about this post