Date
बुध, असार ३१, २०८३
Wed, July 15, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

ईटहरीमा ‘जनै हराएको मान्छे’ फिल्मको पोस्टर भव्य रूपमा सार्वजनिक (भिडियो सहित )

Nepalok by Nepalok
२३ असार २०८२, सोमबार ०२:०९
in पत्रपत्रिका, फोटो फिचर, भिडियो, मनोञ्जन, समाचार
0
ईटहरीमा ‘जनै हराएको मान्छे’ फिल्मको पोस्टर भव्य रूपमा सार्वजनिक (भिडियो सहित )
4
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

ईटहरी/ फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को अफिसियल पोस्टर एकैसाथ देशभरका आठ ठूला सहरमा सार्वजनिक गरिएको छ, जसअन्तर्गत कोशी प्रदेशको इटहरीमा विशेष समारोहसहित पोष्टर अनावरण गरिएको हो । इटहरीको ईलाइट सिनेमा हलको प्राङ्गणमा आयोजित कार्यक्रममा फिल्मका तीन ठूला पोस्टरहरू एकैपटक पर्दा उघारेर सार्वजनिक गरियो ।

कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा ६ का वडाध्यक्ष दिवस पोख्रेल, इलाइट सिनेमा हलका म्यानेजर नवराज केसी र परीकला न्यूजका सञ्चालक सुवास संकल्प श्रेष्ठ सहभागी थिए । उनीहरूकै हातबाट औपचारिक रूपमा पोष्टर सार्वजनिक गरिएको हो । पोष्टर अनावरण पश्चात वडाध्यक्ष पोख्रेलले फिल्म टिमलाई सफलताको शुभकामना पनि व्यक्त गरे । पोस्टर सार्वजनिक कार्यक्रम धरान, विराटनगर, विर्तामोड हुँदै काठमाडौँसहित देशभरका आठ सहरमा एकैदिन सम्पन्न गरिएको निर्माण पक्षले जनाएको छ ।

निर्माता कमल न्यौपानेका अनुसार फिल्मको प्रचार शैलीलाई फरक बनाउन र मोफसलका दर्शकमाझ समेत उपस्थित जनाउन यस्ता कार्यक्रम आयोजना गरिएको हो । पोस्टरको विश्लेषण गर्दा कथावस्तु सम्बन्धका धागोहरूमा केन्द्रित देखिन्छ । दुई फरक डिजाइनमा तयार गरिएका पोस्टरमध्ये एउटा पोस्टरमा विजय बराल, केकी अधिकारी र मिरुना मगर देखिन्छन् । बीचमा विजय, छेउछाउमा केकी र मिरुना छन् । मिरुना बेहुलीको भेषमा छिन् भने विजय आधा रातो र आधा निलो पोशाकमा छन्-जुन केकी र मिरुनासँगको सम्बन्धको प्रतीक हो !

यसले उनी जातीय परम्परा र व्यक्तिगत प्रेमबीचको द्वन्द्वमा परेको देखिन्छ । अर्को पोस्टरमा धागोले बाँधिएको अवस्थाको केकी अधिकारी छिन्-जुन सामाजिक परिबन्धको प्रतिनिधि दृश्य जस्तो लाग्छ । पोस्टरमा उल्लेख गरिएको संवाद ‘जति पीडा भए पनि कहिले ऐया नभन्ने मेरी दिदी’ले कथा दिदीभाइ सम्बन्धसँगै निर्णयको समर्थन वा असमर्थनको भाव पनि बोकेको देखिन्छ । फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ आगामी भदौ ६ गतेदेखि प्रदर्शनमा आउनेछ ।

हिमाल न्यौपाने निर्देशित फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् । विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, आरुस भुसाल, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लगायतका कलाकारको अभिनय रहेको छ । कार्यकारी निर्मातामा नारायण तिमिल्सिना, चुडामणि सिवाकोटी, आरके मानन्धरलगायत छन् ।
फिल्मको छायांकन नवीन गुरुङ र कृष्ण परियारले गरेका हुन् भने संगीतमा थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटी छन् । वितरक गोविन्द शाहीको काफिया फिल्मस रहेको यो फिल्म ‘पूर्णबहादुरको सारंगी’पछि विजय बरालको मुख्य भूमिकामा देखिने अर्को प्रतिक्षित फिल्म हो ।

Previous Post

स्याङ्जामा क्यान्सर पीडितको उपचारका लागि ३ दिनमै उठ्यो एक लाखभन्दा बढी सहयोग राशि

Next Post

गायक दीपक बज्राचार्यले पोडकास्ट श्रंखला ‘प्रोजेक्ट नजिक ’प्रसारण हुदै

Next Post
गायक दीपक बज्राचार्यले पोडकास्ट श्रंखला ‘प्रोजेक्ट नजिक ’प्रसारण हुदै

गायक दीपक बज्राचार्यले पोडकास्ट श्रंखला ‘प्रोजेक्ट नजिक ’प्रसारण हुदै

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal