यही बर्षाको चैत ९ गते बाट प्रदर्शनमा आउने प्रदीप भट्टराईद्वारा लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘महाजात्रा’ ट्रेलर सार्वजनिक भएको छ् । चलचित्रमा हरिवंश आचार्य, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, विपिन कार्की र वर्षा राउतको शीर्ष भूमिका छ । सार्वजनिक भएको ट्रेलरमा कालो धनलाई सेतोमा बदल्न खोज्दा आइलाग्ने झमेला देखाएको छ् । काठमाडौंमा एक कार्यक्रम गर्दै चलचित्रको ट्रेलर सावर्जनिक गरिएको हो । म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले निर्माण रहेको चलचित्र षट्कोण आर्ट्सको ब्यानरमा बनेको हो ।

>








Discussion about this post